|

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले आह्‍वान गरेको बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। बिहानैदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि लामो र छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

 विद्यालय, पसल, व्यापारीक प्रतिष्ठान बन्द रहेका छन्। बन्दका कारण सडक क्षेत्रमा अलपत्र गरेका सवारीका साधनलाई भने प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्‍याउने कार्य गरिरहेको छ। अप्रिय घटना हुन नदिनका लागि ठाउँ- ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको छ।

नेकपाका कार्यकर्ताहरू महेन्द्रनगर, झलारी लगायतका क्षेत्रका बजार क्षेत्र बन्द गराउने कार्यमा लागेका छन्। ठाउँ-ठाउँमा सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन्।

 यसैबीच, आज बिहान शुक्लाफाँटा नगरपालिका १० स्थित पूर्व-पश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ। काठमाडौंबाट आउँदै गरेको बसमा ढुंगा प्रहार हुँदा झयालको सिसा फुटेको छ।

बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। बसका रहेका यात्रुहरु भने सकुशल रहेको उनको भनाइ रहेको छ। भारतलगायत क्षेत्रबाट आएका यात्रुहरु यातायातका साधन सञ्चालन नहुँदा पैदल नै गन्तव्यमा जान थालेका छन्।

केही तस्वीर झलक : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.