|

दैलेख : दैलेखमा नेकपाको दाहाल–नेपाल समूहले गरेको बन्दको प्रभाव देखिएको छ। दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिहीबार बिहानबाट दैलेखमा बन्दको आह्‍वान गर्दै हिँडेका थिए।

सामान्य रूपमा मोटरसाइकल चल्न दिए पनि अरू सवारीसाधन सञ्चालन भएका छैनन्। बन्दकर्ताहरू दैलेखको मुख्य देवकोटा चौकमा बसेर सवारीसाधन आवतजावतलाई रोक्दै आएका छन्।

प्रहरीले पनि दैलेखमा बन्दको असर देखिएको बताएको छ। ‘हामीले शान्ति सुरक्षाका हिसाबले निकै मजवुद तरिकाले काम गरिरहेको छौँ। अहिलेसम्म जिल्लामा त्यस्तो अप्रिय घटना भएको छैन।’ दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले भने।  

उनले सवारीसाधन सामान्य मात्रामा चलेको जानकारी दिए। धेरै यातायातका काउण्टर बन्द रहेकाले सवारीसाधनको आवतजावतमा हिजोका दिनहरूमा भन्दा आज कमी रहेको र आवतजावत गर्न चाहानेलाई प्रहरीले सुरक्षा दिँदै सम्बन्धित ठाउँसम्म पठाउने गरेको श्रेष्ठले बताए। 

केही तस्वीर झलक :


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.