|

धनकुटा :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आव्हान गरेको नेपाल बन्दका कारण धनकुटा सहित पूर्वी नेपालको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ।

बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण तराइका जिल्लाबाट धनकुटा हुँदै तेह्रथुम, संखुवासभा, भोजपुर जाने सवारीसाधन पूर्णरुपमा बन्द रहेका छन। बन्दका कारण सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन्।

बन्दले बजार, कलकारखानामा सामान्य प्रभाव परेपनि शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन। धनकुटाका सडकमा बन्दकर्ता नदेखिएको र ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीले गत पुस ५ गते चालेको संसद विगठनको कदम पछि नेकपाको प्रचण्ड माधव समूह आन्दोलित भएको छ। सरकारले संवैधानिक निकायमा धमाधम नियुक्ति गरेपछि यो समूहले एकदिने नेपाल बन्द गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.