|

काठमाडौं :  बृहत् नागरिक आन्दोलनले आज बिहान लैनचौरबाट पानी पोखरीसम्म मार्चपास गरेको छ।

प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा मार्चपास गरिएको हो​ मार्चपासका क्रममा उनीहरुलाई प्रहरीले पानी पोखरीमै रोकेको थियो। सो क्रममा नागरिक अगुवाहरुले पानी पोखरी क्षेत्रमै कोणसभा गरेका थिए।

समाजका अगुवाहरुले पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवास  क्षेत्रमा अवैधानिक नियुक्ति मान्दैनौँ, सत्ता कब्जा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्प्लेटसहित मार्च पास गरेका थिए। प्रा.कृष्ण खनाल, नारायण वाग्ले, खगेन्द्र  संग्रौला लगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.