|

काभ्रे : काभ्रेपलाञ्चोकको महाभारत क्षेत्रमा हिमपात भएको छ। बेथानचोक गाउँपालिकाको समुन्द्र सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको काभ्रेकै सबैभन्दा अग्लो स्थान नारायणस्थान, भुरुङ्गे लेक र त्यस महाभारत श्रृङ्खलाको आसपासको सबैजसो क्षेत्रमा बाक्लो हिउँ परेको हो। 

हिउँ परेसँगै ती क्षेत्रमा आन्तरिक पर्यटकको संख्या पनि ह्वात्तै बढेको छ। लामो समय खडेरी भोगेका किसान भने बालीनाली सप्रने भन्दै खुसी भएका छन्। बाटोमा बाक्लो हिउँ जमेको कारण हिउँमा गाडी चिप्लिने हुँदा बनेपा, पनौती हुँदै जिल्लाको विकट क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा चल्ने बस लगायतका सवारी साधनलाई भने समस्या परेको छ। 

हिमपातबीच चिसोले बढे पनि त्यसको पर्वाह नगरी आन्तरिक पर्यकटहरु हिउँमा रमाउन निस्किएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.