|

काठमाडौं :  संसद् विघटन र संसदीय सुनुवाईबिना नै संवैधानिक आयोगमा भएको पदाधिकारी नियुक्तिको विरोधमा विवेकशील नेपाली दलले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

विवेकशीलले ‘विधि विधान नकुल्च’ भन्ने नारासहित जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो। संसद् विघटन भएदेखि विवेकशीलले सडकमा विभिन्न रचनात्मक विरोध कार्यक्रम गर्दै आएको छ। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेका छन्। त्यसको विरोधमा विभिन्‍न राजनीतिक दलहरू विरोधमा उत्रिएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.