|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सहिद, बेपत्तायोद्धा परिवार वागमती प्रदेशले काठमाडौंमा प्रदर्शन गरेको छ। बबरमहलमा भेला भई नयाँ बानेश्वर पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो।

 सहिदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमको भण्डाफोर गर्न आफूहरुले बृहत् र्‍याली तथा प्रदर्शन गरेको उनीहरूले बताएका छन्।

 सहभागीहरूले ‘संसद पुनर्स्थापना हाम्रो माग प्रतिगामीहरू भागाभाग’, ‘सहिद बेपत्ता पारिएकाहरूको एउटै आवाज असंवैधानिक कदम मूर्दावाद’, ‘निरकुंश तानाशाह मुर्दावाद’ लगायत नारा लगाएका थिए।  सहभागीहरूले एक एक थान संविधान बोकेर प्रदर्शनमा सहभागी भएका थिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.