|

काठमाडौं : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले प्रदान गर्ने उत्कृष्ट साहित्यिक कृति पुरस्कार–२०२० का लागि साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ छनोट भएको छ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक पुस्तकमध्येबाट पुस्तक समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको इञ्जाले जारी गरेको विज्ञप्तिमा भनेको छ।

‘जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ,’ इञ्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ।’

पराजुलीका विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा मार्क्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनका आठवटा कृति प्रकाशित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.