|

काठमाडौं : नेकपाको (प्रचण्ड-नेपाल) समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज सभा गर्दैछ। यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो। 

प्रचण्ड–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो। विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ। विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ। 

सभालाई नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ। प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा  प्रचण्ड–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ। 

आज सभामा सहभागी हुन उपत्यका लागयत बाहिर जिल्लाका तराई लगायत विभिन्न स्थानबाट मानिस आएका छन्। यसअघि सोही समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.