|

डडेल्धुरा : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीभट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै क्याम्ब्रिज पव्लिक बोर्डिङ स्कुलले डडेल्धुरामा प्रदर्शन गरिएको छ। बिहीबार डडेल्धुरा स्थित क्याम्ब्रिज पव्लिक बोर्डिङ स्कुलका विद्यार्थीले न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कुलदेखि तुफानडाँडा, बागबजार, बसपार्कदेखि चारपोल हुँदै जिल्ला प्रशासन कार्यालय सम्म बलात्कारीलाई सजाएको माग गर्दै नाराबाजी गरेका थिए। आन्दोलनमा सहभागी विद्यार्थीहरुले दिदीबहिनीको विशेष सुरक्षा योजना सहित बलात्कारीलाई तत्काल कठघरामा उभ्याएर फाँसीदिनुपर्ने सहितको नारा लगाएका थिए।

बालिका र किशोरीमाथि बढिरहेको बलात्कारका घटनामाथि सरकारको ध्यानाकर्षण गर्न र भट्टको अपराधीलाई पक्राउ गरि कारवाही गर्न उनीहरूले जिल्ला सदरमुकाममा र्‍याली निकालेका हुन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले ‘भागरथीलाई न्याय चाहियो, हत्यारालाई कारबाही गर, किशोरीलाई बाँच्न देउ, महिला शुरक्षाकायम गर, मानवअधिकार सुनिश्चित गर’ लगायतका प्ले कार्ड बोकेका थिए।

साथै, उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उक्त विद्यालयका कानुन संकायका विद्यार्थीले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे मार्फत मंगलबार ज्ञापनपत्र बुझाएका हुन्। घटनालाई तोडमोड, ढाकछोप र बहानाबाजीमा दोषीलाई उन्मुक्ति दिननहुने ज्ञापनमा उल्लेख छ।

दोगडाकेदार-७ निवासी सनातनधर्म माविमाकक्षा १२ माअध्ययनरत भागरथीको माघ २१ गते बलात्कारपछि हत्यागरिएको अवस्थामा घर नजिकैको जंगलमाशव फेला परेको थियो।

भट्टको बलात्कारपछि हत्याभएको एक हप्ता पुगे पनि अहिले सम्म उक्त घटनाको दोषी पत्ता लाग्न सकेको छैन्। सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि पाँच दिनदेखि बैतडीमा छन्।

भागरथी हत्या प्रकरणको अनुसन्धानमा स्वयंम डिआईजी सुवेदीपनि खटिएका छन्। जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुखप्रहरी नायव उपरीक्षक नारायाण प्रसाद अधिकारी अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् भने उनलाई सघाउन प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाखुको टोली खटिएको छ।

अनुसन्धानलाई सघाउन थप प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताएका छन्। उनका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.