|

मुगु : मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छ। केही बर्ष पहिले चैतपछि मात्र फुल्ने लालीगुराँस माघमै फुलेको छ।

गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत÷बैशाख भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक फुलेपछि स्थानीय अचम्मित भएका छन्। पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका–१० का वडा अध्यक्ष धर्मदत्त सवातले बताए।

गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिनाअगावै नयाँ पालुवा लाग्न थालेको स्थानीयहरु बताउँछन्। चैतमा फुल्ने स्याउ पुसमा नै फुलेका र स–साना दान समेत लागेका वडा अध्यक्ष सावतले बताए। जलवायु परिवर्तनको असर भएको स्थानीयहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.