फागुन ५ देखि २१ गतेसम्म चरणबद्ध आन्दोलन

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले चौथो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड माधव समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो। 

फागुन ५ गतेदेखि फागुन २१ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

​गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ। 

राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रदर्शन र आमसभामा उत्रिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.