|

काठमाडौं : गीत लेखेर गिनिज रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफीलभ’ बजारमा ल्याएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, लेखक र प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन्। 

कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै शुरू भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह-अवरोहको कथामा यो उपन्यास केन्द्रित छ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए।

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योति पब्लिकेसन्सले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षेत्रीले सम्पादन गरेका हुन्। २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.