|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका बीचमा जानका लागि निर्वाचनको मिति घोषणा गर्दा कसरी प्रतिगमन हुन्छ? भनेर प्रश्न गरेको छन्। 

सरकारको तीन वर्षको उपलब्धिलाई सार्वजनिक गर्दै प्रधानमन्त्रीले भने, ‘संविधानको रक्षा हाम्रो प्रतिबद्धता छ। लोकतन्त्रको पक्षमा जानका लागि जनादेशमा जान खोज्दा कसरी प्रतिगमन हुन्छ?’ 

‘लोकतन्त्रको मूलमर्म सार्वभौम सत्ता प्राप्त जनताको बीचमा लोकतन्त्रको वास्तविक व्यवस्थामै कठिनाइ आयो भनेर त्यसलाई रोक्नका लागि जनताभन्दा माथि जाने निर्णय कुरा गर्दा प्रतिगमन होइन’ उनले भने, ‘सरकारमा टाँसिएरै बस्छु भनेको छैन। जनतामा जान्छु भन्नु कसरी प्रतिगमन हुन्छ?’ 

सरकारको काममा गर्नका लागि केही तत्वहरूले रोकेको कारणले नयाँ जनादेशमा जानको लागि संसद् भंग गर्न बाध्य भएको बताए। ‘संसद् भंग गरेर जनादेशमा जाने कुरा राजनीतिक कुरा हो। यसअघिको पनि निर्वाचन प्रणाली सही थियो। तर, केही पात्र गलत परेकाले नयाँ पात्र ल्याउनका लागि निर्वाचनमा जाने निर्णय गरेको हुँ’ उनले भने। 

निर्वाचनमा जान्छु भन्नु जनादेशको अपमान नभएको जिकिर गरे। ‘यहाँ निर्वाचनमा हार्ने अनि झ्यालबाट छिरेर मन्त्री बन्ने प्रवृत्ति बढ्यो। त्यसैले विधि र संविधानसम्मत नयाँ जनादेशमा जाने निणय गरेको हुँ’ उनले भने, ‘यो कुनै पद प्राप्तिका लागि गरेको लडाइँ होइन।’

गुटबन्दी जालझेल, तिकडम लोकतान्त्रिक मूल्य र मान्यता नभएको बताए। निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन भएकाले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गरे। निर्वाचन आयोग पनि निर्वाचन आयोग तयारीलाई तीव्ररूपमा बढाइरहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.