|

इलाम : प्रेम दिवसको अवसरमा नवीन के भट्टराई र अतृप्त ब्याण्डले इलामवासीलाई सांगीतिक मनोरञ्जन दिएका छन्।

गायक भट्टराईले करिब तीन वर्षपछि फिक्कलमा प्रस्तुत गरेका हुन्। आइतबार राति उनले ‘तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ’, ‘आर यु रेडी फर इन्जोय’, ‘गाढा माया विस्तारै विस्तारै फिक्का हुँदै जान्छ’ ‘फिक्का फिक्का छ तिमी बिना यो मेरो जिन्दगी’, ‘डर लाग्छ डर लाग्छ’लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए।

करिब एक घन्टा १५ मिनेटमा उनले आफ्ना एक दर्जन गीतबाट इलामबासीको मन जिते। प्रेम दिवसको अवसरमा भएको सांगीतिक कार्यक्रममा फिक्कल आसपासका मात्र नभई सदरमुकाम र झापा क्षेत्रका प्रेमिल जोडीहरु उनको संगीतमा झुम्न भेला भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.