|

जनकपुरधाम : प्रदेश २ सरकार गठन भएको तीन वर्ष पूरा भएको छ। मुख्यमन्त्री लालबाबु राउले २०७४ फागुन ३ गते शपथ लिएका थिए।

सरकारले तीन वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री राउतले आफ्ना सरकारको काम सार्वनिक गरेका छन्। राउतले ११ शीर्षकमा ९३ बुँदे उपलब्धि सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको बताएका छन्।

बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा उनले उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.