|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ।

मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ले-कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र थाल बोकेका छन्। प्रदर्शनकारीले खाली थाल ठटाएर सरकारको विरोधसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.