|

काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ।

बिहीबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो। प्रदर्शनपछि ज्ञापनपत्रसमेत बुझाएको छ। 

निगमले पछिल्लो पटक फागुन ४ गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो।


त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.