|

मुगु: हिमाली जिल्ला मुगुकोे एक स्थानीय तहले एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ। जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले १४ वटै वडामा रहेका एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको हो।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ। नगर प्रमुख हरिजंश शाहीले एक सय २६ जना एकल पुरुषलाई भत्ता वितरण गरे।

शाहीले एक पुरुषलाई भत्ता दिने छायाँनाथ रारा नगरपालिका देशकै पहिलो पालिका भएको दाबी गरे। शाहीका अनुसार ४० वर्ष माथिका एकल पुरुषहरुलाई मासिक ५ सयका दरले वार्षिक ६ हजार भत्ता वितरण गरिएको छ। 

एकल भत्ता बुझन आएका वडा नम्बर १४ का ५० वर्षीय जुद्घ  बढुवालले भत्ता पाउँदा खुसी व्यक्तगरे। राज्यले एकल महिला भत्ता, बृद्ध भत्ता, बालबालिका भत्ता दिदँै आएपनि श्रीमतीको मृत्यु भएका वा विहे नै नगरी बसेका एकल पुरुषका लागि भने भत्ता दिन सुरु गरिसकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.