काठमाडौं : नेकपाको प्रचण्ड–माधवनिकट अखिल नेपाल महिला संघले आज काठमाडौंमा विरोध र्याली र सभा गरेको छ। प्रतिनिधिसभा विघटन, महिला हिंसा, हत्या एवं बलात्कारका घटनाविरुद्ध र्याली निकालेको हो।
विरोधसभा सुरु हुनुअघि शान्तिबाटिकामा भेला भई र्याली भृकुटीमण्डप, भद्रकाली, न्युरोड हुँदै वसन्तपुरमा गएर सभामा परिणत भएको थियो। र्यालीको नेतृत्व नेतृ अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ, अनेमसंघका संयोजक अमृता थापामगरले गरेका थिए। प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा रहेको प्रचण्ड–माधव समूहले चौथो चरणका कार्यक्रमहरु गरिरहेको छ।
यो समूहले शनिबार प्रतिगमनविरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको थियो। फागुन ५ गतेदेखि सुरु भएका चौथो चरणका सम्पूर्ण संघर्षका कार्यक्रमहरु फागुन १५ गते सकिनेछन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।