|

रौतहट : डिभिजन वन कार्यालय रौतहटको वन गस्ती टोलीले गएराति चन्द्रपुरको वन क्षेत्रबाट काठसहित जिप बरामद गरेको छ। यस क्रममा प्रहरीले हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ। 

चन्द्रपुर नगरापलिका–१ स्थित पौराई सब डिभिजनअन्तर्गत नुनथर क्षेत्रबाट काठसहित बा१६च २२३३ नम्बरको जिप बरामद गरेको हो। डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत अमरदेव यादवको नेतृत्वमा गएको गस्ती टोलीले नुनथरबाट फापारबारी जाने बाटोअन्तर्गत मसलाघारीभन्दा केही टाढाको नहरबाट नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए।

बरामद गरिएको काठ ४६ थान चिरान साल जातको ५३.८२ क्युफिट रहेको र काठको अनुमानित बजार मूल्यअनुसार काठ करिब २ लाख ७० हजार पर्ने सिंहले जनाए।

काठसहित जिप नियन्त्रणमा लिन ४ राउण्ड फायर गरिएको र एक राउण्ड गोली जिपलाई पनि लागेको सिंहले बताए। आफ्नो सुरक्षाका लागि फायर गरेको र तस्करहरु वन गस्ती टोलीलाई देख्ने बितिकै भागेका र सो स्थानबाट काठ र जिप नियन्त्रणमा लिएको उनको भनाइ थियो।

यसअघि पनि सोही क्षेत्रबाट मिनी बससहित चिरान काठ वन गस्तीले बरामद गरेको थियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.