|

काठमाडाैं : अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधि नोभाक जोकोभिचले उचालेका छन्। नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने क्रममा जोकोभिचले डेनियल मेडभेदेभलाइ सोझो सेटमा पाखा लगाए।

अस्ट्रेलियाको मेलर्वन पार्कमा भएको भिडन्तमा जोकोभिचले डेनियललाई ७–५ ६–२ ६–२ को सेटमा पराजित गरेका हुन्। 

१८ औं ग्रान्डसलाम जितेसँगै जोकोभिच अब फेडेरर र नाडालभन्दा केवल दुई ग्रान्डसलाम उपाधि मात्रै पछि छन्। दुई स्टारले समान २० ग्रान्डसलाम जितेका छन्।

सर्वियन स्टार जोकिभिचले मेलवर्नमा खेलेका सबै ९ फाइनलमा हार बेहोरेका छैनन्। त्यसैले उनले अस्ट्रेलियन ओपन सर्वाधिक धैरै पटक जित्न सफलसमेत भएका छन्।

३३ वर्षीय जोकोभिचले रसियाका २५ वर्षीय मेडभेदेभइलाई तेस्रो पटक फाइनलमा हराउन सफल भए। 

महिलातर्फको उपाधि भने जापानी स्टार नाओमी ओसाकाले जितेकी छन्। फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.