|

कैलाली : धनगढीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको सोमवार बिहान ५ बजे मृत्यु भएको श्रेष्ठको भनाइछ। फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.