पार्टी एकताकै आधारमा आधिकारिकता टुंगो लाग्‍ने दाबी

|

चितवन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै उउनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए। 

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, 'निर्वाचन हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, विल्कुलै हुन्छ। निर्धारित समयमा नै हुन्छ।'

कहीँकतै कोही कोही व्यक्ति, पक्षहरुले निर्वाचनविरोधी कुरा गरे पनि ती सबै हास्यास्पद रहेको टिप्पणी गरे। 'लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हर कोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन' उनले भने, 'राजनीतिक दलहरू निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन।'

उनले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। अर्को एक प्रसङ्गमा उनले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउने विश्वास व्यक्त गरे। 

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे। सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने प्रष्ट पार्दै उनले भने, 'सरकारले कुनै दवाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ।' रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.