|

सल्यान : आमा र शिशुको स्वास्थ्यलाई ख्यालगर्दै सरकारले वषौंदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नेपाल सरकारले दुई हजार, नियमित चार पटक गर्भ जाँच गरे थप आठ सय र कर्णाली प्रदेश सरकारको थप दुई हजार गरी चार हजार आठ सय रुपैयाँ एक सुत्केरीले पाउने व्यवस्था छ। तर, पनि सल्यानमा अझैं करिव ३७ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानका अनुसार स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने महिलाको संख्या ६३ प्रतिशत मात्रै छ। तीन वटै तहको सरकारले सस्थागत सुत्केरीलाई बढावा दिन विभिन्न प्रोत्साहनका कार्यक्रम लागू गरेपनि सबै गर्भवती नियमित गर्भ जाँच तथा सुत्केरी हुन स्वास्थ्य सस्थामा आउन सकेका छैनन्।

घरमै असुरक्षित रुपमा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए। ‘कतिपय दुर्गम गाउँका महिला सुत्केरी हुन अस्पताल जानुपर्छ भन्ने ठान्दैनन्’ डिसीले भने,‘सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन आउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएपनि परम्परागत सोचका कारण ३७ प्रतिशत महिला अहिले पनि घरमै सुत्केरी हुन्छन्।’

सरक्षित सुत्केरी सेवा दिन जिल्लाका विभिन्न ४५ स्थानमा बर्थिङ सेन्टर तथा जिल्ला अस्पतालबाट सुत्केरी सेवा संचालित छ। डिसीका अनुसार जिल्लामा सस्थागत सुत्केरी गराउने महिलाको संख्या आर्थिक वर्ष २०७४-०७५ मा ५७ प्रतिशत रहेकोमा २०७५-०७६ मा बढेर ६० प्रतिशत र २०७६-०७७ मा ६३ प्रतिशत पुगेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.