|

झापा : कोरोना महामारी त्रासपछि बिरामीको सेवा-सुविधा ध्यानमा राख्दै मेची अञ्चल अस्पताल भद्रपुरमा उच्च निर्भरता इकाई (हाई डिपेनडेन्सी यूनिट) सेवा विस्तार गरिएको छ। 

जनरल बेडलाई परिवर्तन गरी मेची अस्पतालले उच्च निर्भरता इकाई सेवाको विस्तार गरेको हो। उच्च निर्भरता इकाई सेवा स्थापनाका लागि प्रदेश १ का सामाजिक विकास मन्त्रालयले एक करोड ८४ लाख ४ हजार ३९ रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सोही बजेटबाट उच्च निर्भरता इकाई स्थापनाका लागि आवश्यक औषधिजन्य सामग्री र उपकरण खरिद गरी सेवा विस्तार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए।

पहिला अस्पतालमा चार बेडको आइसीयू, दुई बेडको भेन्टिलेटर र जर्नल वार्डमा सामान्य बेड राखिएको थियो। अहिले उच्च निर्भरता इकाई स्थापना भएसँगै भेन्टिलेटरमा राख्नु पर्ने सामान्य बिरामीलाई उच्च निर्भरता इकाई राखेर उपचार गराउन मिल्छ। यसका लागि प्रत्येक बेडमा आवश्यक उपकरण जडान गरिएको छ।

अस्पतालमा यो सेवा विस्तार भएसँगै अब गरिब तथा विपन्न समुदायलाई बढी राहत मिल्ने ठाकुरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.