मकवानपुर : मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकी टोलमा दुई वटा टाटासुमोआपसमा ठोक्किँदा एघार जना घाइते भएका छन्।
हेटौंडाबाट काठमाडौंका लागि यात्रु लिएर गइरहेको प्रदेश ३–०३–००१ ज ००२९ नम्बरको टाटासुमो र काठमाडौंबाट आएको ना १ ज २४६० नम्बरको टाटासुमोआपसमा आज विहान ठोक्किएको हो।
दुर्घटनामा मकवानपुरका मनहरी १ का ३८ वर्षीय सानुमाया थोकर, ३६ वर्षका नवराज पौडेल, हेटौंडा १२ का २६ वर्षका सुदीप रुम्बा, ५५ वर्षका दुर्गा नेपाली, शान्तिमाया बिक, ५६ वर्षीया कान्छीमाया तामाङ, बागमती गाउँपालिका ६ का २९ वर्षीय खड्गबहादुर बिक, हेटौंडा १३ का ५१ वर्षिय भीमबहादुर स्याङतान, रामेछाप जिल्लाको मन्थली नगरपालिकाका ३० वर्षीय रामकृष्ण कार्की, ओखलढुङ्गा विसङ्खु गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय पदमबहादुर राई, मनहरी १ का ६३ वर्षिय छयङ्गु लामा घाइते भएका छन्।
घाइतेको हेटौंडा अस्पताल र सन्चो हस्पिटलमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।