'संविधान जनताको आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले अब कुनैपनि बेलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको कदमलाई सच्चाउने निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्।  

२० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि बेला संविधान मिच्ने र असंवैधानिक कदम सच्चिन्छ। संविधान नै कुल्चियो र संविधानमाथि नै प्रहार भएको छ। त्यसलाई सच्चाएर निर्णय आउछ।’ प्रचण्डले संसद पुनःस्थापना भएपछि समाजवादको लक्ष्यमा पुग्ने यात्रामा लाग्ने प्रतिबद्धता समेत जाहेर गरे। 

‘सरकारको कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनमा छौँ। सबैको साथको कारणले जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका थियौँ’ उनले भने, ‘महान् सहिद बलिदानको योगदानबाट प्राप्त उपलब्धिलाई अपहरण गर्न खोजिएको छ। त्यसैले यो लडाई जित्नुपर्छ। मलाई लाग्छ हामीले यो लडाई जित्छौँ।’ 

संसद पुनःस्थापनापछि आवश्यकता अनुसार संशोधन गरेर संविधान अघि बढाउने उनले बताए। ‘म प्रधानमन्त्री भएको बेलामा दुई पटक सदनमा दर्ता गराएको थिए’ उनले भने, जनताको आवश्यकता अनुसार संविधान संशोधन जान सकिन्छ।’ 

पहिले पनि धेरै संविधान बनेको भएपनि पहिलो पटक सार्वभौम नेपाली जनताले अधिकार स्थापित भएको उनले बताए। ‘ओली सरकारले असंवैधानिक कदमविरुद्ध सबै एकजुट भएर लागिरहेको छन्। मलाई विश्वास छ भोलि पर्सी सम्ममा यो कदम अदालतले सच्चाउने छ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.