|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाएका हुन्। 

प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। उनलाई बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिए। बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो। 

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापकमध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.