|

दैलेख : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले समाजमा रहेका गरिब वर्गलाई पछाडि छोडेर समृद्धि नआउने बताएका छन्। भूमिसम्बन्धि समस्या समाधान आयोग दैलेख समिति कार्यालयको उद्घाटन गर्नेक्रममा मंगलबार यहाँ आएका उनले यस्तो बताएका हुन्।

'जसको यस धर्तीमा आफ्नो भन्ने केही छैन त्यस्तो वर्गलाई हामीले हाम्रो समृद्धिको सपना सँग–सँगै अँगालेर लैजान पर्नेछ, ‘सुखी नेपाली संवृद्ध नेपालको, राष्ट्रिय आकाङ्क्क्षामा उहाँहरूलाईसँगै लिएर जानु छ, समाजको एउटा गरिब वर्ग छोडेर हामी सम्बुद्ध हासिल गर्न सक्दैनौँ' उनले भने।'

सरकारको राष्ट्रिय लक्ष्य उद्देश्यसँग भूमि समस्या गाँसिएकाले समाजमा अगाडि आउन नसकेका वर्गहरूलाई समाजमै रहेकाका अब्बल वर्गहरूले हातेमालो गरेरसँगै लैजानु पर्नेमा सभामुख शाहीले जोड दिए।

शासन शक्तिका स्रोत जनता भए पनि त्यसका वाहक राजनीतिक दल भएकाले सम्पूर्ण पार्टीहरूको सिर्जनात्मक सहयोग, सल्लाह अनुसार दैलेखमा रहेका भूमिहीन नागरिकलाई भूमिमा स्वामित्व दिलाउन आयोग लाग्नु पर्ने उनले बताए।

नेपालको संविधानले कुनै पनि नागरिक भूमि हीन रहनु नपर्ने भनेको र यसलाई नागरिकको मौलिक हकका रूपमा संविधानमा लिपी बद्ध गरिएकाले त्यसलाई कार्यान्वयन गर्ने भूमि समस्या समाधान आयोग एक अंश भएकाले कसले ग¥यो भन्ने कुरा ठूलो नभई के गरियो भन्ने कुराले महत्त्व राख्ने शाहीको भनाई थियो।

भूमिहीन नागरिकको समस्या समाधान गर्नलाई तिनै तहका सरकारको भूमिका महत्त्वपूर्ण रहेकाले स्थानीय सरकारले यसमा अझै चासोका साथ लाग्न आग्रह गर्दै शाहीले भूमि समस्या व्यक्तिको चाहाना स्वार्थसँग जोडिएको विषय भएकाले समाधान गर्दा तटस्थता, पारदर्शिता, निष्पक्षता अपनाई कुनै पनि राजनीतिक रङ, स्वार्थ नल्याएर समितिलाई काम गर्न शाहीको सुझाव थियो।

यस्तै, भूमिससम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले राजनीतिबाट प्रभावित नभएर भूमिहीन नागरिकलाई भूमि स्वामित्वको अधिकार प्रधान गर्ने लाग्ने आफूहरूको पहिलो काम हुने बताएका छन्।

आफूहरुले निष्पक्ष तरिकाले काम गर्ने र भूमिहीन नागरिकलाई भूमिसम्बन्धी अधिकार प्रधान गर्ने काम यस समितिको भएकोले वास्तविक भूमिहीन नागरिकलाई समेटेर आफूहरूले काम गर्ने शाहीको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.