|

स्याङ्जा : पछिल्लो समय युवा पुस्ताको आकर्षण कृषि पेशातर्फ बढ्न थालेको छ।

सहकारीमार्फत सामूहिक खेती गर्ने कृषकको आकर्षण  स्याङ्जामा ह्वात्तै बढेको हो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले स्थानीय सरकारसँग साझेदारी कार्यक्रमलाई गाउँ-गाउँमा पुर्‍याएसँगै पशुपालन तथा मौसमी/बेमौसमी तरकारी खेतीमा आकर्षित हुनेको संख्या बढेको हो।

स्याङ्जा जिल्लाभर वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा यूएनडीपीले साझेदारी कार्यक्रम अघि सारेको छ। वैदेशिक रोजगारीमा जागिर गुमाएका र र स्वदेशमै बेरोजगार बनेका युवायुवतीलाई लक्षित गर्दै सामूहिक खेती प्रणालीमा आबद्ध बनाएपछि व्यवसायिक कृषि पेशा फस्टाएको हो।

कृषकलाई प्राविधिक तालिम, आधुनिक कृषि औजार, बीउबिजन लगायतका सामाग्री सहयोग गरिएको दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले बताइन्। वालिङ नगरभित्र यो कार्यक्रमको व्यवस्थापन दियालो संस्थाले गरेको छ।

युवाहरूको आकर्षण कृषि पेशामा बढेको बताउँदै संस्थाका अध्यक्ष गैह्रे भन्छिन् ,‘नगरभित्र १५० सहकारी हामीसँग आवद्ध हुनुहुन्छ, जसमध्ये ४० वटा समूहका एक  हजार बढी कृषक प्रत्यक्ष लाभान्वित हुनुभएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.