|

काठमाडौं : संसद् विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव समूहले विजयउत्सव मनाएको छ।

सर्वोच्चको फैसला आएदेखि यो समूले हर्ष मनाइरहेको छ। बुधबार काठमाडौंमा पनि विजय जुलुस नै निकालिएको थियो। प्रधानमन्त्रीको असंवैधानिक कमदविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको यो समूहले आन्दोलन स्थगित गर्दै फैसलाको खुसियाली मनाएको हो। 

शान्ति बाटिकाबाट सुरु विजय र्‍याली जमल, दरबारमार्ग, जय नेपाल हल, पुतलीसडक हुँदै राष्ट्रिय सभा गृह गएर सभामा परिणत भएको थियो। उक्त सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवले सम्बोधन गरेका थिए। जुलुसमा नेताहरू जनार्दन शर्मा, पम्फा भूसाल, अमृत बोहरा, युवा संघका नेता रामप्रसाद सापकोटा'दीपशिखा' लगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.