|

विराटनगर : समान्य मजदुरी गर्दै जीविकोपार्जन गर्दै आइरहेका कालिचरणका पुस्तादेखि ऐलानी (सुकुमबासी) जग्गामा बस्दै आइरहेका छन्।

विराटनगर महानगरपालिका–३ गोग्राहा चौक (कन्या मार्ग) स्थित फुसको घरमा पुस्तौं बिताएका कालिचरण ४२ वर्षको उमेरमा घरबारविहीन बन्दैछन्। उनको ७२ वर्षीय बुवा पन्नालाल राजबंशीले बनाएको सानो फुसको घर अहिले टालीले छाएको छ।

टालीको घरमा दुःखसुख बुवासहित बस्दै आइरहेका छन्। कालिचरणका बुवा दुई वर्षदेखि प्यारालाइसिसले थलिएका छन्। तीन धुर जग्गामा बनेको टालीको घरबाट बुवा पन्नलालसहित कालिचरणको परिवार नै विस्थापित हुनपर्ने आफ्नै छिमेकीले बाध्यतामा पारेको पीडित परिवारले दुखेसो पोखे। 

विराटनगर–३  बस्ने वियनराज राजवंशीलगायत उनका परिवारले न्यायिक समितिमा गत माघ ७ गते आफूहरु बस्दै आइरहेको घर हटाइ पाउँ भन्ने फिराद हालेको बुधबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा आफ्ना गुनासा सुनाउँदै कालिचरणले बताए। 

‘न्यायिक समितिले चैत मसान्तसम्ममा कुम्लोकुटुरो बोकेर घर छाड्न उर्दी जारी गरेको छ। उनले भने, 'उनीहरुका विरुद्ध साँध जोडिएका जग्गा धनी विनयराज राजबंशीले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा गत माघ ७ गते फिराद हालेका थिए।’ 

त्यो फिरादमाथि फैसला सुनाउँदै न्यायिक समिति सभापति एवं महानगरपालिका उपमेयर इन्दिरा कार्की र न्यायिक समितिका अन्य सदस्यहरुले कालिचरणलाई हट्न निर्देशन दिइएको उनले बताए।

यता विराटनगर–३ का वडाध्यक्ष एवं न्यायिक समितिका सदस्य विनोद बस्नेतले उनीहरुले आफू सुकुमबासी भएको प्रमाणित कागजात लिएर आएको खण्डमा महानगरपालिकाले निर्माण गरिरहेको जनता आवास कार्यक्रमअन्तर्गत घरमा स्थानान्तरण गर्ने योजना रहेको जानकारी दिए। 

न्यायिक समितिले गरेको निर्णय चित्त नबुझेको अवस्थामा न्यायलयमा जान पाउने अधिकार प्रयोग गर्नसक्ने उनले बताए। 

पीडित भनिकाहरुकै मागका आधारमा चैत मसान्तसम्मको म्याद दिइएको हो, आफैं त्यसबेलासम्म बसेर छोड्छौं भनेर गएका थिए, न्यायिक समिति सदस्य बस्नेतले भने–कुरालाई जता नी मोड्ने काम किन गरिरहेका होलान्।

कालिचरणले पत्रकार सम्मेलनमा बताएअनुसार उनीविरुद्ध उजुरी गर्ने विनयका काका बद्री राजवंशी उनको जग्गाको सँधियार हुन्। ऐलानी जग्गासँग जोडिएको नम्बरीवाला जग्गाधनीले आफूलाई उठीबास लगाएर त्यो जग्गा भोगचलन गर्न खोजेका हुन्। 

उजुरी दिने विनय कान्तिपुर टिभीको पत्रकार हुन्। कालिचरणले भने, 'उनले बिचौलियाको भूमिका निर्वाह गरेर गरिबलाई उठीबास लगाउन खोजेका छन्। न्यायिक समितिका मान्छेहरु विनयसँग डराएर हामीलाई हटाउन खोजिरहेका छन्।' 

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्यक्रम अगाडि सारेको छ। वर्षौंदेखि बस्दै आएको जग्गाको धनीपूर्जा कालिचरणहरुले पाउनसक्ने बुझेका विनयले उनलाई उठीबास लगाएर पाँचधुर ऐलानी जग्गा आफ्नो बनाउन खोजेको दाबी पीडितको छ।

साँधमा रहेको ऐलानी जग्गालाई हालसाबी गरेर आफ्नो जग्गाको पूर्जामा पारिसकेको भन्दै पीडित परिवारले आशंका गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.