|

दाङ : प्रतिबन्धित बाघको छाला सहित दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा  सल्यान बाँगचौर नगरपालिका–९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय ईन्द्र बहादुर थापा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलवार विहान करिब २ बजेतिर प्रतिबन्धित बाघको छाला ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–४ गोठिखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालाले जानकारी दिए।

रा १ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा झोलामा लुकाइ राखेको चार फिट ५ इञ्च लम्बाइ १ फिट चौडाइ भएको छाला बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जनाएको छ।

यस्तै दाङ प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ का १९ वर्षीय ओसिम खान र सोही ठाउँका १८ वर्षीय बरुण कुमाल रहेको प्रहरीले जनाएको छ।

कपिलबस्तुको शिवराज नगरपालिका  –३ का ३० वर्षीय बिक्रम केसीको लु १८ प ९५०४ नम्बरको पल्सर मोटरसाइकल र राप्ती गाउँपालिका–२ का गिरीराज भुसालको बा ८३ प ७६७५ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकलसहित उनीहरूलाई घोराही उपमहानगरपालिका–१४ बसपार्कबाट मंगलबार दिउँसो नियन्त्रणमा लिएको प्रवक्ता रिजालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.