|

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन दिएका हुन्। ८० जना सहभागी बैठकमा उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल फर्किन पनि निर्देशन दिइएको छ।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका प्रचण्ड–नेपाल बुधबार बिहान काठमाडौं आएका थिए।

प्रधानमन्त्रीबाट केपी शर्मा अ‍ोलीलाई हटाउन प्रचण्ड–नेपालले आन्तरिक छलफललाई तिव्रता दिएका छन्। उनीहरुले बुधबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। भेटमा कांग्रेसलाई सत्ता साझेदारको प्रस्ताव राखेको बुझिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.