|

काठमाडौं : बुधबार सरकारले एकैदिन ६ सय १९ जना कोरोना संक्रमितको मृत्यु भएको बताएको थियो। पछिल्लो समय संक्रमण घट्दै गएको बेला मन्त्रालयले एकै पटक संक्रमणबाट मृत्यु हुनेको यति धेरै संख्या कहाँबाट आयो भन्ने धेरैलाई कौतुहल बनाएको थियो। तर, यो संख्या एकै दिनमा संक्रमणबाट मृत्यु हुनेको संख्या  होइन।

विगतका दिनमा नेपाली सेनाले कोरोना शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेको थियो। जसले गर्दा यसअघि नै संक्रमणबाट मृत्यु हुनेको संख्यामा एकरूपता नआएपछि मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको संख्या  यकिन पत्ता लगाउन गत कात्तिक दुई गते समिति नै गठन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रतिनिधि डा अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व-निर्देशक डा वासुदेव पाण्डे सदस्य रहेको समितिले मन्त्रालयको तथ्यांकमा मृतक पाँच सय १३ जना छुटेको प्रतिवेदन तयार पारेको थियो तर, मन्त्रालयले यो संख्या हालसम्म सार्वजनिक भने गरेको थिएन। त्यही संख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको बताइएको छ।

तथ्यांकलाई एकरूपता दिनकै लागि ६ सय १८ जनाको संख्या थपिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो मृतकको संख्या

कोरोना संक्रमणबाट घरमै मृत्यु भएको तर त्यो समयमा मन्त्रालयमा रिपोटिङ नभएको  र नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको संख्या रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.