|

युरोपा लिग फुटबलको अन्तिम १६ का लागि आज दर्जन बढी खेलहरू हुँदै छन्।

आज नापोली, आर्सनल, एसी मिलान, लेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रोमालगायत क्लबहरुले प्रतिस्पर्धा गर्न लागेका हुन्।

आज राति ११ बजेर ४० मिनेटमा पहिलो लेगमा २–१ ले अगाडि रहेको अजाक्स र लिलेबीच प्रतिस्पर्धा हुँदैछ। सोही समयमा नापोली र ग्रानाडा, साख्तर डोनेस्क र एम टेल अभी, रेन्जर्स र एन्ट्वेप, आर्सनल र बेन्फिका भिड्नेछन्।

यस्तै होफेनहेम र मोल्डे तथा भिल्लारियल र आरबी साल्जबर्ग भिड्दा राति पौने २ बजे लेस्टर सिटी र स्लाभिया प्रहा, एसी मिलान र सेभेन भेज्डा तथा क्बल ब्रज र डाइनामो किभ तथा म्यानचेस्टर युनाइटेड र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै रोमा र ब्रागा, लेभरकुसेन र योङ्ग ब्वोइज, डाइनामो जागरेब र क्रास्नाडोर तथा पिएसभी र ओलम्पिकाओस सोही समयमा आमनेसामने हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.