काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय १२ जनामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ११२ जना संक्रमित भेटिएको विवरणमा उल्लेख गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यसै समयमा ८४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। त्यसैगरी, संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ सय ७० रहेको छ। क्वारेनटिनमा ६६ जना रहेका छन्। चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ८३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।