|

विराटनगर : औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत घुससहित पक्राउ परेका छन्।

बिहीबार अपराह्‍न विराटनगर-३ स्थित एक होटलबाट फार्मेसी अधिकृत सरोज सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले दुई लाख घुस लिएको इटहरीबाट खटिएको अख्तियारको टोलीले जनाएको छ। अख्तियारको टोलीले थप अनुसन्धान भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.