नेपालबाट छोरी पठाउने टर्कीमा बावुले बेच्ने

|

काठमाडौं : राम्रो कमाइ हुने प्रलोभन देखाएर ददालले टर्की पुर्याइएकी दुई आमाछोरी बेचबिखनमा परेको खुलेको छ। काठमाडौं बूढानीलकण्ठमा रहेको जग्गा बेचेर दलाललाई २० लाख रुपैयाँ बुझाएर टर्की पुगेकी आमाछोरी उतै बेखबिखनमा परेको खुलेको हो।

नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोका अनुसार बाग्लुङ ढोरपाटन–४ घर भई काठमाडौं माछापोखरी बस्ने पूर्णिमा बस्नेत सिर्पालीमार्फत आमाछोरी टर्की पुगेका हुन्।

ब्यूरोका अनुसार पूर्णिमाले प्रतिव्यक्ति १० लाख रुपैयाँ दिए टर्कीमा मासिक एक लाख सम्म कमाउन सकिने प्रलोभन देखाएरकी छिन्। सुरुमा १० लाख रुपैयाँ लिएर सम्पर्क बिहिन बनेकी पूर्णिमा पछि सम्पर्कमा आएको ब्यूरोले जनाएको छ।

आफूहरु विदेश नजाने भन्दै पैसा फिर्ता माग्दा टर्कीको कार्ड बनिसकेकोले जानैपर्छ भनेर थप रकम लगेर टर्की पठाएको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन्।पूर्णिमाले टर्कीमा रहेका आफ्नो बुवासँग पीडितहरुलाई इमोमा सम्पर्क गराई निजको बुवाले भनेअनुसार ताहाचलस्थित श्रम कार्यालय बाहिर काम गर्ने जीवन भट्टलाई भेट्न पठाएका थिए। भट्टले टिकट लगायतका कागजातहरू तयार भइसकेको भनेर गत असोज २२ गते टर्की पठाएको खुलेको छ। 

पीडितका अनुसार टर्कीमा पूर्णिमाको बुबाले काममा लगाईदिन्छु भनेर तीन हप्ता आफ्नै कोठामा राखेका थिए। छोरीले नेपाल फिर्ता हुन्छु भन्दा पनि नेपाल फर्किन नदिई आमालाई ग्रीस पठाईदिन्छु भनेर कोठामै बन्धक बनाई राखेको खुलेको छ।

छोरीलाई काममा लगाई दिन्छु भनि टर्कीको बोर्डरमा पुर्याएर दुई हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गर्न खोजेको थाहापाएपछि पीडितले राजदुताबासमा समन्वय गरेकी थिइन्। दुताबासको समन्वयमा छोरी मंसिर ८ गते र आमा  पौष २६ गते नेपाल फर्किएका छन्। नेपाल पक्रिएपछि पीडितले ब्यूरोमा जाहेरी दिएका छन्।

सोही जाहेरीका आधारमा गोरखा नगरपालिका–१ घरभई काठमाडौं बस्ने २६ वर्षीय जीवन भट्टलाई सोल्टीमोडबाट र पूर्णिमालाई माइतीघरबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। अभियुक्तहरूले अन्य धेरै व्यक्तिहरूलाई समेत प्रलोभनमा पारी रकम उठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको ब्यूरोले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.