|

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ।

बर्डफ्लू देखिएपछि  तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका  प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए। उनले भने ‘हिजो बर्ड फ्लू देखिएको हो।  विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेकाे छ। अबको केही घण्टामा हामी सबै जानकारी सार्वजनिक गछौं।’

यस अघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.