|

काठमाडौं : हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन्। 

समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सास, अमेरिका)ले स्थापना गरेको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ।

प्रतियोगिताका लागि प्राप्त कविताहरू मध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरू सार्वजनिक गरिएको र ती कविताहरूको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो।

सो प्रतियोगिताको लागि डाक्टर रामप्रसाद ज्ञवाली, स्नेह सायमी र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो।

उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुँवर, प्रकाश आचार्य, जीवन आरोही, सानु खनाल दिलीप कुँवर, जनक रसिक, दीप पाण्डे, प्रज्वल अधिकारी, निरज दहाल, टीएन भट्ट ‘विश्वामित्र’, रमा अधिकारी कादम्बरी, ‘सुरज पराजुली, सुष्मा तिमल्सिना, सन्तोष लामिछाने, दिपेन्द्र अरुण र केशवराज ज्ञवाली छानिएका थिए। 

यस्तै मोहित जोशी, सोमनाथ दहाल, नवराज अधिकारी, नारायण अधिकारी, सुवास शर्मा र भीष्मप्रसाद भट्टराई थिए। 

काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने फाउन्डेसनका संयोजक राधेश्याम लेकालीले जानकारी दिए।

यसैगरी एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.