|

कपिलवस्तु : कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा भेन्टिलेटर, आइसियु, सेवासमेत थप हुने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले अस्पतालमा ४ बेडको भेन्टिलेटर र १० बेडको आइसियु सञ्चालनको तयारीको अवस्थामा रहेको बताए।

सङ्घीय सांसद बृजेशकुमार गुप्तले सांसद विकास कोषमार्फत भेन्टिलेटर र आइसियु सेवा थपका लागि १ करोड ४५ लाख रुपैया विनियोजन गरेपछि सेवा अस्पतालको सेवा वृद्धि हुन लागेको छ।

२०२८ सालमा स्थापित अस्पतालमा हाल भौतिक  सुविधा सम्पन्न र दक्ष प्राविधिक जनशक्ति थप गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। 

१२ करोडको लागतमा नयाँ भवन प्रयोगमा आएसँगै अस्पतालले नयाँ सेवा सञ्चालन गर्ने योजना बनाएको थियो। हाल अस्पतालमा २५ भन्दा बढी चिकित्सकहरूबाट सेवा प्रदान गरिँदै आएको।

५० शय्याको अस्पतालमा ८ विशेषज्ञ, २ डेनटल सर्जन, ११ मेडिकल अधिकृत  र १ जना एमडि रेजिडेन्ट रहेका छन्। चैत्र महिनाबाट अस्पतालमा नेत्र रोग, बाल रोग, नाक कान घाँटी र डाइलासिसको विशेषज्ञ सेवासमेत थप हुने तयारी गरिएको छ।

यसैगरी, प्रयोगशाला, एकसरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले बताए। 

अस्पतालमा प्रयोगशालाको स्तरबृद्धिका लागि सङ्घीय सांसद बृजेश कुमार गुप्तले पहल गरेपछि महिला तथा बालबालिका कार्यालयमा लेभल २ को प्रयोगशालासमेत निमार्णको चरणमा रहेको छ। लुम्बिनी प्रदेश सरकारले ५० लाख र कपिलवस्तुका १० स्थानीय सरकारबाट ६० लाखको लागतमा ल्याबका काम अगाडि बढेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.