'पार्टीको आधिकारिक धारणा नेताहरुकै मुखबाट बुझौं’

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले समाजवादको आधार तयार गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने तिर केन्द्रीत भएको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रवक्ता श्रेष्ठले संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि लगायतको बिषयमा गम्भीर छलफलमा केन्द्रीत भएको बताएका छन्।

‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी  संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं’ उनले लेखेका छन्। 

उनले सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्दै सकारात्मक सन्देश छन् भने त्यसलाई ग्रहण गर्न आग्रह समेत गरेका छन्। पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा नभएर नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन्। 

‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं। त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं’ उनले भने, ‘हामी उहाँहरुको दृष्टिकोण, धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन। तर, पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.