काठमाडौं : ऐतिहासिक कमलपोखरी मासेर कंक्रिटको संरचना बनाएको भन्दै शुक्रबार संरचना भत्काउन पुगेका वृहत नागरिक आन्दोलनका अभियनताहरु माथि प्रहरीले धरकपडक गरेको छ। आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति,विभिन्न नेवा संगठन र सम्पदा अभियन्ताले कमलपोखरी पुनर्निर्माणका संरचना भत्काएका थिए। उनीहरूलाई प्रहरीले रोकेको थियो।
नागरिक अभियन्ता नारायण वाग्लेले संविधानले माटोको सुरक्षा गर्नु भन्दाभन्दै स्थानीय सरकारले मास्न लागेको बताए। उनले भने,‘कालोमाटो सरकारको घृणा रहेछ। सरकारलाई माटो होइन सिमेन्ट चाहिने रहेछ। पोखरी नचाहिने रहेछ। सरकारले सांस्कृतिक सम्पदामाथि मजाक गरिरहेको छ। यो नागरिकलाई मान्य छैन।’
उनले मातृभाषा बोलेबापत प्रहरीले नागरिकलाई हत्कडी लगाउने गरेको पनि आरोप लगाए।
सम्पदा अभियनता गणपतिलाल श्रेष्ठले स्थानीय सरकारले जबरजस्ती ऐतिहासिक सम्पदालाई मासेर व्यापारीकरणतर्फ लागेको बताए। ‘विज्ञहरुले पोखरी बचाउनु भनिरहँदा पनि महानगरपालिकाले आफूखुसी मास्न लागिरहेको छ,’उनले उनले भने,‘किन बारम्बार महानगरपालिकाले सम्पदामाथि प्रहार गरिरहेको छ? किन रानीपोखरीबाट महानगर पाठ सिकेन? यस्ता कदमविरुद्ध निरन्तर विरोध गरिरहन्छौँ।’
महानगरपालिकाले पोखरीको पुनर्निर्माण सुरु गरेदेखी नै यसको चर्को विरोध भइरहेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।