|

काठमाडौं : चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ। शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्कुललाई स्टेसनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस हस्तान्तरण गरेकी हुन्।  

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताए।

चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदुत यान्छीलाई धन्यवाद समेत दिए। उनले भने,‘२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैले विद्यालय भवनको निर्माण गरेको थियो। पुनर्निमाण पछाडि बनेको भवनमा रहेका कक्षा कोठाहरु ठूला, फराकीला र आधुनिक देखिएको छ।’ 

चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएकाे जानकारी दिदै उनले स्कुल पुनर्निमाणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.