|

सिरियामा भएको अमेरिका आबद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकु मारिएका छन्। ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले  इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको जनाएको छ।

पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीनवटा ट्रकहरू ध्वस्त भएको बताइएको छ। अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकु मारिएका पुष्टि गरेका हुन्।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो। यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गएका थिए। यीनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.