|

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले कुनै पनि हालतमा गैर कानुनी कार्यमा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूलाई चेतावनी समेत दिएका छन्। 
डा. केसीले शिक्षा ऐनमा प्रस्टसँग एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको औंल्याएका छन्।  

‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले काठमाडौं विश्वविद्यालयका नयाँ पदाधिकारीलाई प्रधानमन्त्री र शिक्षामन्त्रीमार्फत अनुचित दबाबमा पारेर सम्बन्धन लिने चोर बाटो खोजेको प्रस्ट भएको छ’ डा. केसीले विज्ञप्तिमा भनेका छन्। डा. केसीले अहिले नै काठमाडौँ विश्वविद्यालय अन्तर्गत झन्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेको उल्लेख छ। 

तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्त्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय यस अगाडिका सिनेट बैठकमा समेत उठेको उनले बताएका छन्।

अर्कोतिर त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजहरूलाई सम्बन्धन दिइसकेको डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्। 
त्यसैले त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न नसकिने उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.