|

गुल्मी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई संघीयता  घाँडो भएको बताएका छन्। शुक्रबार गुल्मीको कालीगण्डकी गाउँपालिकामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै केसीले नेपाल जस्तो सानो देशमा संघियता आवश्यक नभएको औंल्याए।

नेपालले संघीयता  थेग्न सक्ने अवस्था नभएको भन्दै केसीले संघीयताको आवश्यकता नै नभएको बताए। यस्तै अर्को प्रसंगमा केसीले हुँदाको बहुमत छाडेर निर्वाचनमा जान्छु भन्नु प्रधानमन्त्री ओलीको मूर्खता भएको बताए।

‘प्रधानमन्त्री ओलीले हुँदाको बहुमत छाडेर नयाँ जनादेशमा जान्छु भन्नु मूर्खता हो’ केसीले भने,‘आफ्नो पार्टीमा भागबण्डा नमिलेका कारण प्रतिनिधि सभा विघटन गर्नु ओलीको ठूलो मूर्खता हो।’

संविधानमा हुँदै नभएको ब्यवस्थालाई प्रयोग गर्न खोज्दा ओली असफल भएको उनले बताए। ओलीको मूर्खतालाई सर्वोच्च अदालतले उल्ट्याइ दिएकाले जनताको जित भएकोे उनको भनाइ थियो।  

जनताले दिएको मतको कदर गर्न नसक्नु दुःखद भएको भन्दै केसीले जनताले पाँच वर्षका लागि सरकार चलाउने म्यान्डेट दिएर पठाउँदा पनि आन्तरिक कलहका कारण सरकार चलाउन नसक्नु नेकपाको कमजोरी भएको बताए।

ओली सरकारले जनतालाई विकासको अनुभुति दिलाउन नसकेको केसीको भनाइ थियो। ओलीकै कारण देशमा भ्रष्टाचार मौलाएको केसीले आरोप लगाए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.