|

सल्यान : सल्यान प्रहरीले भारी मात्रामा अवैध जडिबुटी नियन्त्रणमा लिएको छ।

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेका दुई ट्रकलाई सल्यान सल्ली बजारमा जाँच गर्दा ठूलो परिणामको जडिबुटी फेला परेको हो।

ती ट्रकबाट ७ हजार ७ सय ५८ किलो जडीबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको प्रहरीले जानकारी दिएको छ।

छुट पुर्जी बेगरको सबै जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको हो। सुगन्धवाला (समायो), विषफेज, अमला, काउलो र चुत्रोका बोक्रा गरी ७ हजार ७ सय ५८ किलो जडिबुटी अवैध तरिकाले पैठारी हुन थालेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिए।

जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कविहीन भएका छन्‌। ट्रकचालक तुलाराम थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.